• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र अमेरिका खेल्ने

    • lumbinisanjal
    • २०८२ कार्तिक १५, शनिबार ०९:५१
    2.3K
    SHARES
    आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र अमेरिका खेल्ने

    काठमाडौं,१५ कार्तिक ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

    खेल युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

    जारी शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो ।

    आजको खेलमा नेपाललाई अमेरिकासँग पहिलो खेलमा बेहोरेको हारको बदला लिने अवसर रहेको छ ।

    लिगमा २२ खेल खेलेको अमेरिका ३२ अङ्कका साथ शीर्षस्थानमा रहेको छ भने १८ खेल खेलेको नेपाल १२ अंकसहित सातौँ स्थानमा छ । यस्तै, १८ खेलबाट ८ अङ्क जोडेको युएई अन्तिममा छ ।

    नेपालले शृङ्खलाको अन्तिम खेल आगामी बुधबार युएईसँग खेल्नेछ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १५, शनिबार ०९:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP