• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    सभापति कपको उपाधी संकटाले चुम्यो

    • lumbinisanjal
    • २०८१ माघ १७, बिहीबार १६:५०
    1.6K
    SHARES
    सभापति कपको उपाधी संकटाले चुम्यो

    काठमाडौं माघ १७ । गोलकिपर दीप‌ कार्कीले सडन डेथमा सहित २ वटा पेनाल्टीमा रोकेपछि ए डिभिजन टोली संकटा क्लबले सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

    आयोजक बागमती (नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश) लाई बिहीवार सडन डेथमा हराउँदै संकटाले उपाधि जितेको हो।

    निर्धारित ९० मिनेटमा गोलरहित र पेनाल्टी सुटआउटमा ३-३ को बराबरीपछि सडन डेथमा संकटाले बाजी मारेको हो । समग्रमा संकटाले ४-३ को जित निकाल्यो । सडन डेथमा दीपले गौरव श्रेष्ठको पेनाल्टी रोक्दै संकटालाई आफ्नो कप्तानीमा उपाधि दिलाए ।

    गोलकिपर विकेश कुथुले पेनाल्टी सुटआउटमा २ पेनाल्टी रोके पनि बागमतीलाई जित दिलाउन पर्याप्त रहेन।

    विकेशले संकटाका राम थापा र रोशन पहारीको पेनाल्टी‌ रोक्दै बागमतीको‌ सम्भावना बढाएका थिए । नवीन लामा र फोडे फोफानाले गोल गर्दैै बागमतीलाई २-० ले अघि बढाए थिए।
    त्यसपछि खेलले नाटकिय मोड लियो । बागमतीका कुलदीप कार्कीको पेनाल्टी दीपले रोके । उता संकटाका लागि लक्षु थापाले गोलको खाता खोले।

    बागमतीका रजत तिवारीको प्रहार बाहिरिएपछि संकटाका लागि साम कार्लोसले बराबरी गोल गरे। पाँचौ पेनाल्टीमा सन्दीप कार्कीको गोलबाट बागमतीेले पुनः अग्रता बनायो।

    संकटाका लागि दीप आफै पाँचौं पेनाल्टी हान्न अघि बढे । उनी सफल भएर पेनाल्टीमा ३-३ को बराबरी भयो। सडन डेथमा संकटाका सुनिल खड्काले गोल गरे । दीपले बागमतीका गौरवको प्रहार रोके र संकटालाई च्याम्पियन बनाए ।

    नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको प्रतियोगिताको विजेता संकटाले २६ लाख र बागमतीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । #हाम्रोखेलकुद



    lumbinisanjal   
  • २०८१ माघ १७, बिहीबार १६:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP