• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    “युवा पलायनदेखि स्वास्थ्य, रोजगारी र जवाफदेहिता सम्म” — गुल्मी–२ का उम्मेदवारलाई मदन पाण्डेका ९ कडा प्रश्न

    • lumbinisanjal
    • २०८२ माघ २१, बुधबार ०८:२६
    3.4K
    SHARES
    “युवा पलायनदेखि स्वास्थ्य, रोजगारी र जवाफदेहिता सम्म” — गुल्मी–२ का उम्मेदवारलाई मदन पाण्डेका ९ कडा प्रश्न

    आगामी प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा गुल्मी–२ का मतदाताको तर्फबाट हाल जापानमा रहनु भएका मदन पाण्डेले उम्मेदवारसँग प्रत्यक्ष सरोकार राख्ने ९ वटा गम्भीर र उत्तरदायी प्रश्न सार्वजनिक गर्नुभएको छ। यी प्रश्नहरूले युवा पलायन, रोजगारी, स्वास्थ्य सेवा, पूर्वप्रतिबद्धता, जवाफदेहिता र दीर्घकालीन विकासका विषय उठाएका छन्।

    उहाँद्वारा उठाइएका प्रश्नहरू यस प्रकार छन् :
    १. युवा पलायन रोक्ने ठोस योजना के छ ?
    जापान, कोरिया, खाडी मुलुक तथा अन्य देशमा रोजगारीका लागि युवा जान बाध्य नहुने अवस्था सिर्जना गर्न तपाईंसँग कस्ता ठोस र व्यवहारिक योजना छन् ?
    २. रोजगारी सिर्जनाको स्पष्ट लक्ष्य कति ?
    चुनाव जितेपछि पहिलो १ वर्षभित्र कति जनालाई रोजगारी सिर्जना गर्न सक्नुहुन्छ ? कृपया संख्यात्मक रूपमा स्पष्ट गर्नुहोस्।
    ३. बिरामी बोकेर बुटवल–काठमाडौं धाउनुपर्ने बाध्यता कहिले हट्छ ?
    गुल्मीका बिरामी उपचारका लागि काठमाडौं वा बुटवल धाउनुपर्ने अवस्था अन्त्य गर्न तपाईको योजना के हो, र कुन समयसीमाभित्र यो समस्या समाधान हुन्छ ?
    ४. बाँदर नियन्त्रणका लागि के गर्नुहुन्छ ?
    विशेषतः गोकर्ण बिष्टको सन्दर्भमा—अघिल्लो निर्वाचनमा बाँदर नियन्त्रणबारे प्रतिबद्धता जनाइए पनि कार्यान्वयन नदेखिएको गुनासो छ।
    के नैतिक धरातलमा टेकेर अहिले पुनः भोट माग्नुभएको हो ? पहिलो ६ महिनामा के–के काम गर्नुहुन्छ ?
    ५. चुनाव जितेपछि गाउँ आउनुहुन्छ कि काठमाडौंमै हराउनुहुन्छ ?
    गोकर्ण बिष्ट चुनाव जितेपछि कति पटक गाउँ आउनुभयो ?
    संसदभित्र गुल्मीका जनताका विषयमा बोलेको कम्तीमा १ उदाहरण दिन सक्नुहुन्छ ?
    ६. गुल्मी–२ का सडक समस्या कहिले समाधान हुन्छ ?
    बर्खायाममा हिलाम्मे र अवरुद्ध हुने गुल्मी–२ का सडकहरू मर्मत तथा सुधार गर्न तपाईको पहल के हुनेछ ? स्पष्ट मिति र कार्ययोजना सार्वजनिक गर्नुहोस्।
    ७. सत्ता समीकरण फेरिए पनि आजका प्रतिबद्धता कायम रहन्छन् ?
    चुनावपछि सत्ता समीकरण परिवर्तन भएमा पनि आज जनतासामु राखिएका बाचा पूरा गर्नुहुन्छ कि गर्नुहुन्न ?
    ८. पाँच वर्षपछि गुल्मी–२ का मतदाताले सम्झिने एउटा काम के हुनेछ ?
    पाँच वर्षपछि “यो काम त उहाँले नै गर्नुभयो” भनेर गर्वका साथ भन्न सकिने एउटा ठोस काम के हुनेछ ?
    ९ . व्यापक बसाइँसराइको सन्दर्भमा तपाईंको धारणा के छ ?
    गाउँ रित्तिँदै गएको यथार्थलाई कसरी रोक्ने सोच छ ?
    अन्त्यमा मदन पाण्डेले मतदाताको चेतनशीलता र उम्मेदवारको जवाफदेहितामाथि जोड दिँदै भन्नुभएको छ—
    “प्रश्न सोध्नु नै लोकतन्त्रको बल हो, जवाफ दिनु उम्मेदवारको दायित्व।”
    ✍️ मदन पाण्डे
    हाल : जापान



    lumbinisanjal   
  • २०८२ माघ २१, बुधबार ०८:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP