• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    बिहीबार किन भगवान विष्णुको पूजा गर्ने ? जान्नुहोस !

    • lumbinisanjal
    • २०८२ मंसिर ४, बिहीबार ०५:४०
    2.1K
    SHARES
    बिहीबार किन भगवान विष्णुको पूजा गर्ने ? जान्नुहोस !

    काठमाडौं ,०४ मंसिर । आज २०८२ साल मंसिर ४ गते बुधबार। मंसिर कृष्ण पक्षको औंसी तिथि। । तदनुसार सन् २०२५ नोभेम्बर २० तारिख। विश्व बाल दिवस । विश्व दर्शनचार्य दिवस ।

    बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

    कसरी पूजा गर्ने ?
    बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

    यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

     



    lumbinisanjal   
  • २०८२ मंसिर ४, बिहीबार ०५:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP