• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ , पाथीभरा देवीको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल , चैत ८ गते शुक्रबार

    • lumbinisanjal
    • २०८१ चैत्र ८, शुक्रबार ०३:३०
    2.9K
    SHARES
    ॐ , पाथीभरा देवीको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल , चैत ८ गते शुक्रबार

    मेष: दिन अनुकूल देखिँदैन । रोगको भय, काममा बाधा, आर्थिक नोक्सानी हुन सक्छ ।

    वृष: धन लाभ, मान–सम्मान बढ्ने, समस्याको समाधान, वाहन–सुख हुने देखिन्छ ।

    मिथुन: समय शुभ छ । आर्थिक लाभ, विजय, धन लाभ, प्रतियोगितामा सफलता हुन सक्छ ।

    कर्कट: गरेको काम असफल, वायु विकार, शोक–सन्ताप हुन सक्छ । सतर्क रहनु नै बेस ।

    सिंह: दिन अनुकूल नभएकाले पेटको समस्या, विवाद, दिनचर्या अस्तव्यस्त हुन सक्छ ।

    कन्या: समय शुभ छ । आर्थिक लाभ, पढाइ–व्यवसायमा सफल, मान बढ्ने सम्भावना छ ।

    तुला: सतर्क रहनुहोला । निरर्थक खर्च, मानसिक चञ्चलता, नेत्र विकार हुन सक्छ ।

    वृश्चिक: तपाईंका लागि दिन उत्तम छ । उपहारादि वस्तु प्राप्ति, धन लाभ, कार्यसफल होला ।

    धनु: समय अनुकूल नहुँदा धन नाश, दुर्घटनाको सम्भावना, वादविवाद, खर्च वृद्धि हुन सक्छ ।

    मकर: सानै प्रयासमा विविध लाभ, पारिवारिक सुख, मिष्ठान्न भोजन हुने सम्भावना छ ।

    कुम्भ: समय शुभ फलदायक छ । सुख–सन्तोष, कार्य सिद्धि, आनन्दको अनुभूति हुने देखिन्छ ।

    मीन: राजनीतिक असफलता, राज्यभय, मान–प्रतिष्ठामा आँच आउन सक्छ । सतर्क रहनुहोला ।



    lumbinisanjal   
  • २०८१ चैत्र ८, शुक्रबार ०३:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP