• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ गुल्मीको बिचित्र गुफाको दर्शन गर्दै हेर्नुहोस कार्तिक २६ गते बुधबारको राशिफल

    • lumbinisanjal
    • २०८२ कार्तिक २६, बुधबार ०७:३२
    2K
    SHARES
    ॐ गुल्मीको बिचित्र गुफाको दर्शन गर्दै हेर्नुहोस कार्तिक २६ गते बुधबारको राशिफल

    मेष : समय त्यति उपयुक्त देखिँदैन । पेट गडबड, परिवारमा विवाद, अनिद्रा, तनाव हुन सक्छ ।

    वृष : तपाईंका लागि दिन शुभ फलदायक छ । लाभ, कार्य सफलता, इज्जत–प्रतिष्ठा बढ्न सक्छ ।

    मिथुन : सतर्क रहनु बेस हुन्छ । धन हानि, मानसिक तनाव, आँखामा समस्या आउन सक्छ ।

    कर्कट : दिन बलवान् देखिन्छ । कार्य सफल, मान–सम्मान, उपहार प्राप्ति, सुख–सन्तोष होला ।

    सिंह : सजग रहनुहोस् । समय बलवान् नहुँदा धन हानि, विवाद, स्वास्थ्य समस्या हुन सक्छ ।

    कन्या : तपाईंका लागि दिन शुभ भएकाले विविध लाभ, खाद्यपदार्थ प्राप्ति, पारिवारिक सुख होला ।

    तुला : शुभ समयको आगमन भएकाले कार्य सिद्धि, लाभ, प्रसन्नता, पैसा प्राप्ति, सुख होला ।

    वृश्चिक : समय उपयुक्त देखिँदैन । राज्यका तर्फबाट भय, अपयश, व्यापारिक झमेला आइलाग्ला ।

    धनु : दिन अनुकूल नभएकाले रोग, कष्ट, धन हानि, अस्वस्थता, कार्य बाधा नहोला भन्न सकिन्न ।

    मकर : समय राम्रो आएको छ । धन लाभ, यश, समस्या समाधान, जीवनसाथीबाट सहयोग होला ।

    कुम्भ : तपाईंका लागि दिन शुभ छ । आर्थिक लाभ, शत्रु विजय, पारिवारिक सुख हुने देखिन्छ ।

    मीन : समय अनुकूल नहुँदा सजग रहनु बेस । कार्य बाधा, धन हानि, स्वास्थ्य समस्या आउन सक्छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक २६, बुधबार ०७:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP