• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    साढे चार महिनादेखि कठोर निर्जला दण्डवत् प्रणामको यात्रामा यादव

    • lumbinisanjal
    • २०८२ चैत्र १, आईतवार १७:१४
    923
    SHARES
    साढे चार महिनादेखि कठोर निर्जला दण्डवत् प्रणामको यात्रामा यादव

    धनुषाधाम ,१ चैत । भारतको बिहार राज्यको बाका जिल्लाका मनोजकुमार यादवले कठोर निर्जला दण्डवत् प्रणाम यात्रा गरेका छन् । उनी कृष्णकाली भगवती (टिलहिया) बाट शुरू गरेको कठोर निर्जला दण्डवत् प्रणामको यात्राको क्रममा चार महिना १२ दिनपछि धनुषाको मिथिला नगरपालिका ९ लालगढमा आइपुगेका छन् ।

    यात्राको क्रममा विभिन्न शक्तिपीठमा दर्शन गर्दै जनकपुरधामस्थित जानकी मन्दिरमा पनि दर्शन गरेर पशुपतिनाथ महादेवको दर्शन गर्ने यात्रामा छन् ।

    पशुपतिनाथ महादेवको दर्शन गरेपछि पुनः सुल्तानगञ्ज पुगेर गंगा नदीमा जल भरेर दर्शन गरेका स्थानहरूमा जल चढाउने उनको योजना छ। रासस



    lumbinisanjal   
  • २०८२ चैत्र १, आईतवार १७:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP