• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    शनिबार मात्रै ६ हजार ३ सय ९३ जना भक्तजनले पाथीभराको दर्शन गरे

    • lumbinisanjal
    • २०८२ कार्तिक ९, आईतवार १०:०९
    1.7K
    SHARES
    शनिबार मात्रै ६ हजार ३ सय ९३ जना भक्तजनले पाथीभराको दर्शन गरे

    ताप्लेजुङ , ९ कार्तिक । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन ६ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।

    बिहान ३ः०० देखि दिउँसो ३ः०० बजेसम्म लाइनमा बसेर भक्तजनले पूजाअर्चना गरेका थिए । पाथीभरामा वर्षभर नै भक्तजनको आगमन हुने गरेको छ । तर, विशेष गरी दसैँतिहारको समयमा तुलनात्मक रूपमा धेरै भक्तजनको आगमन हुने गरेको छ । त्यसपछि चैते दसैँको आसपासमा समेत धेरै भक्तजन आउने गरेका छन् ।

    समितिका अनुसार यसअघि गत असोजभर २९ हजार १७४ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए । यस्तै, आज पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भिड देखिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ९, आईतवार १०:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP