• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    ॐ, पाथिभरा माईको दर्शन गर्दै हेर्नुहोस् चैत ४ गते सोमबारको राशिफल

    • lumbinisanjal
    • २०८१ चैत्र ४, सोमबार ०२:३७
    2.9K
    SHARES
    ॐ, पाथिभरा माईको दर्शन गर्दै हेर्नुहोस् चैत ४ गते सोमबारको राशिफल

    मेष: तपाईंका लागि समय बलवान् छ । धन लाभ, पठनपाठनमा सफलता हुने देखिन्छ ।

    वृष: समय शुभ छ । द्रव्य लाभ, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता प्राप्ति हुनेछ ।

    मिथुन: कार्य असफल, सन्तान कष्ट, आर्थिक क्षति हुन सक्छ । सजगता अपनाउनुहोला ।

    कर्कट: समय शुभ देखिँदैन । अपच, दिनचर्या अस्तव्यस्त, पारिवारिक विवाद, तनाव हुन सक्छ ।

    सिंह: समय बलवान् छ । सानै प्रयासमा द्रव्य लाभ, मान–सम्मान,, उन्नति–प्रगति हुने देखिन्छ ।

    कन्या: समय अनुकूल नभएकाले धन नाश, मानसिक चिन्ता, दुःख–कष्ट, व्यर्थको खर्च हुन सक्छ ।

    तुला: दिन उत्तम फलदायक छ । धन, उपहार, कोसेली प्राप्ति, उत्तम भोजन, कार्य सफल होला ।

    वृश्चिक: अस्वस्थता, इष्टमित्रसँग विवाद, चोटपटकको सम्भावना देखिन्छ । सजग रहनु नै बेस ।

    धनु: दिन शुभ फलदायक छ । विविध वस्तु वा सेवाको लाभ, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति हुन सक्छ ।

    मकर: समय अनुकूल भएकाले सुख–सन्तोष, कार्य सिद्धि, निरोगिता, जोश–जाँगर बढ्ने देखिन्छ ।

    कुम्भ: दिन त्यति अनुकूल छैन । राज्यबाट त्रास, असफलता, मान–प्रतिष्ठामा धक्का लाग्न सक्छ ।

    मीन: रोगको भय, कार्यमा बाधा, धन हानि, अस्वस्थता हुन सक्ने भएकाले सजग रहनु नै बेस ।



    lumbinisanjal   
  • २०८१ चैत्र ४, सोमबार ०२:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP