• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ हेर्नुहोस् आजको राशिफल : चैत १ गते शुक्रबार

    • lumbinisanjal
    • २०८१ चैत्र १, शुक्रबार ०३:०२
    3.1K
    SHARES
    ॐ हेर्नुहोस् आजको राशिफल : चैत १ गते शुक्रबार

    मेष: दिन धेरै अनुकूल छ । कार्य सिद्धि, द्रव्य लाभ, विजय, गरेको काममा सफलता होला ।

    वृष: तनाव, दौडधूप भए पनि दिउँसोदेखि सुख–सन्तोष, कार्य सिद्धि होला । खुस रहनुहोला ।

    मिथुन: शुरुमा धनप्राप्ति, प्रतिष्ठा बढ्ने तर दिउँसोबाट विवादमा नफसिएला भन्न सकिन्न ।

    कर्कट: शुरुको समयमा तनाव, मानसिक अस्थिरता तर मध्याह्नबाट द्रव्य लाभ, उन्नति होला ।

    सिंह: शुरुमा विविध सेवा वा वस्तु प्राप्ति तर मध्याह्नपछि खर्च, धन हानि हुन सक्ने देखिन्छ ।

    कन्या: दिउँसोसम्म नोक्सानी हुने डर हुन्छ । त्यसपछि भने लाभ, सफलता, साहस वृद्धि होला ।

    तुला: पूर्वाह्न मिष्ठान्न भोजन, परिवार–सुख हुनेछ भने दिउँसोबाट धन नाश, तनाव हुन सक्छ ।

    वृश्चिक: समय बलवान् छ । रोगव्याधि हरण, स्फूर्ति बढ्ने, इष्टमित्रसँग भेटघाट, धन लाभ होला ।

    धनु: तपाईंका लागि दिन शुभ छ । मान–सम्मान, राजनीतिक सफलता, उपहार प्राप्ति हुन सक्छ ।

    मकर: पूर्वाह्न कार्य असफल भए पनि दिउँसोबाट राज्य–सुख, प्रतिष्ठा वृद्धि हुने देखिन्छ ।

    कुम्भ: शुरुमा समस्या सुल्झने र सम्मान बढ्ने होला तर मध्याह्नबाट दुःख–कष्ट आइलाग्न सक्छ ।

    मीन:समय उत्तम छ । परीक्षा, खेलकुद, मुद्दामामिला आदिमा विजय, प्रतिष्ठामा वृद्धि हुने देखिन्छ ।



    lumbinisanjal   
  • २०८१ चैत्र १, शुक्रबार ०३:०२
  • #rashifal-chait1

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP