• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ हेर्नुहोस् : आज फाल्गुन १५ गते बिहीबार, यस्ताे छ तपाईँकाे राशिफल

    • lumbinisanjal
    • २०८१ फाल्गुन १५, बिहीबार ०४:२५
    2.1K
    SHARES
    ॐ हेर्नुहोस् : आज फाल्गुन  १५ गते बिहीबार, यस्ताे छ तपाईँकाे राशिफल

    मेष : दिन शुभ छ । आर्थिक लाभ होला । परिवार–सुख, उत्तम भोजन, सुख–सन्तोष मिल्नेछ ।

    वृष: सानै प्रयासमा कार्य सिद्धि होला । शारीरिक स्वस्थता, हर्षविभोर र सुखानुभूति हुने देखिन्छ ।

    मिथुन: सतर्क रहनुहोला । राज्यबाट भय, मान–प्रतिष्ठामा आघात, अनिच्छित यात्रा होला ।

    कर्कट: दिन फलदायक छैन । रोग लाग्ने सम्भावना, धन हानि, कार्यमा बाधा आउने देखिन्छ ।

    सिंह: शुभ समय आएकाले धन प्राप्ति, रोकिएका काम बन्ने, पुरस्कार–सम्मान पाइने सम्भावना छ ।

    कन्या: दिन खुशीयालीमै बित्नेछ । आर्थिक लाभ, शत्रु विजय, पारिवारिक सुख हुने देखिन्छ ।

    तुला: अशुभ समयको आगमनले काममा असफलता, सन्तान–कष्ट, वायुजन्य रोगको भय होला ।

    वृश्चिक:अपच–ग्यास्ट्रिकको सम्भावना, विवाद, दौडधूपको सम्भावना भएकाले सतर्क रहनुहोला ।

    धनु: समय शुभ फलदायक छ । द्रव्य लाभ, मान–सम्मान, पराक्रम–उन्नति, कार्य सफल हुने देखिन्छ ।

    मकर: समय उपयुक्त देखिँदैन । सामान्य गल्तीले धन–नाश, अस्थिरता, आँखामा समस्या आउन सक्छ ।

    कुम्भ: शुभ समय आएको छ । खाद्यसामग्री–उपहारादि वस्तु प्राप्ति, उत्तम भोजन, भाग्योदय होला ।

    मीन: धन नोक्सानी, रोग–चोटपटकको भय देखिएकाले सतर्क रहनु नै बुद्धिमानी हुनेछ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १५, बिहीबार ०४:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP