• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    देउवाले गगन र विश्वप्रकाशलाई भेटेका छैनन्: सचिवालय

    • lumbinisanjal
    • २०८२ माघ ४, आईतवार ०८:२९
    1.1K
    SHARES
    देउवाले गगन र विश्वप्रकाशलाई भेटेका छैनन्: सचिवालय

    बुटवल ,०४ माघ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग भेट गरेको भनेर गरिएको प्रचार गलत भएको देउवाको सचिवालयले जनाएको छ।

    देउवाका स्वकीय सचिव भानु देउवाले सूचना जारी गरी विशेष महाधिवेशनले कांग्रेसको नयाँ कार्यसमिति चयन गरेयता उनीहरूसँग भेटघाट नगरेको जानकारी गराएका हुन्।

    ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यूसँग पूर्वमहामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्नु भएको भनेर केही सञ्चारमाध्यमहरूमा समाचार आएको देखिएको तर हालसालै उहाँहरूसँग सभापतिज्यूको भेटघाट नभएको जानकारी गराइन्छ’, भानुले भनेका छन्।

    गएको पुस २७ देखि ३० सम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा चयन गरेको नयाँ कार्यसमितिलाई निवार्चन आयोगले गत शुक्रबार आधिकारिक पार्टीको मान्यता दिइसकेको छ।



    lumbinisanjal   
  • २०८२ माघ ४, आईतवार ०८:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP