• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    फागुनको चुनावमा भाग नलिने ओलीको घोषणा, अष्टलक्ष्मी र युवराजले बैठकमै गरे प्रतिवाद

    • lumbinisanjal
    • २०८२ आश्विन ३१, शुक्रबार १९:२५
    2.4K
    SHARES
    फागुनको चुनावमा भाग नलिने ओलीको घोषणा, अष्टलक्ष्मी र युवराजले बैठकमै गरे प्रतिवाद

    काठमाडौं,३१ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनमा हुने भनिएको मध्यावधि निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।

    तीन दिनदेखि जारी केन्द्रीय कमिटीको दशौँ बैठकलाई शुक्रबार समापनका क्रममा सम्बोधन गर्दै ओलीले निर्वाचनमा नजाने घोषणा गरेका हुन् ।

    ओलीले उक्त घोषणा गरेपछि उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरे । त्यसक्रममा केहीबेर बैठक हलमा हल्ला भयो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि ज्ञवाली र शाक्यले ओलीको उक्त भनाइमा फरक मत राखेको जानकारी दिएका छन् ।

    ओलीले आगामी फागुन २१ मा चुनाव नहुने बताउँदै भने, ‘अबको बाँकी ४ महिनामा चुनाव हुँदैन, नहुने चुनावमा हामी जानु हुँदैन’, उनले भने, ‘हामीले संसद् पुनर्स्थापनामै जोड दिनुपर्छ । त्यहीअनुसार प्रचारात्मक अभियानमा हामी जानुपर्छ ।’

    ओलीले आफ्नो जिम्मेवारी पूरा नगरी पार्टीबाट राजीनामा नदिने बताएका छन् । ‘केही साथीहरूले राजीनामा माग्नुभाछ । ५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ । मेरो काँधमा जिम्मेवारी छ । त्यो पूरा नगरी छाड्दिनँ’, उनले भने ।

    ओलीले आफ्नो राजीनामाबारे महाधिवेशनमा पनि छलफल गरिने बताए । ‘मेरो राजीनामा महाधिवेशनमा छलफल गरौँला’, उनले भने, ‘प्रतिनिधिहरूसँग फैसला मागौँला । पार्टीलाई तिक्ततासहित अघि नबढाऔं, सबैजना मिलेर अघि बढौँ ।’



    lumbinisanjal   
  • २०८२ आश्विन ३१, शुक्रबार १९:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP