• २०८३ असार ३२ | Thu, 16 Jul 2026
  • Dark Mode

          Subscribe

    निर्वाचनभन्दा सर्वसम्मतिलाई प्राथमिकता दिएका कारण ढिलाइ भयो: गगन थापा

    • lumbinisanjal
    • २०८३ बैशाख १४, सोमबार १७:२२
    1K
    SHARES
    निर्वाचनभन्दा सर्वसम्मतिलाई प्राथमिकता दिएका कारण ढिलाइ भयो: गगन थापा

    काठमाडौं ,१४ वैशाख । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको प्रक्रिया आज औपचारिक रूपमा टुंगिएको छ।

    पार्टीका सभापति गगनकुमार थापाकाअनुसार लामो कसरत र संवादपछि सांसद भीष्मराज आङदेम्बेलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने निर्णय भएको हो।

    नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा आङदेम्बेको नामलाई सर्वसम्मत रूपमा प्रस्ताव गरिएको थियो। उक्त प्रस्तावलाई पार्टीका सबै नेताहरूले सम्मानका साथ स्वीकार गरेको सभापति थापाले जानकारी दिए।

    नेतृत्व चयनमा ढिलाइ भएको विषयमा स्पष्टीकरण दिँदै थापाले यसलाई ‘लाचारी’ नभई ‘परिपक्वता’ को संज्ञा दिए। आङदेम्बेलाई नेता चयन गर्ने प्रक्रियामा अर्का वरिष्ठ नेता अर्जुन नरसिंह केसी र अन्य आकांक्षी सांसदहरूले पनि सहमति जनाएका छन्।

    विशेष गरी युवा पुस्ताका सांसदहरूले पार्टीको राष्ट्रिय आवश्यकतालाई बुझेर सर्वसम्मत नेतृत्वका लागि आफूहरू त्याग गर्न तयार रहेको बताएका थिए।

    उनले भने, ‘हाम्रो पार्टीमा प्रतिष्पर्धा हुनु स्वभाविक हो, तर यस पटक धेरै जसो सांसदहरूको चाहना सर्वसम्मत नेतृत्व चयन होस् भन्ने थियो। पार्टीभित्र प्रतिष्पर्धा गराउन सजिलो छ, तर सर्वसम्मत गराउन धेरै गाह्रो छ। तपाईंहरूले बाहिर ढिलो भयो भनिरहँदा हामी भित्र निर्णयलाई परिपक्व बनाउँदै थियौँ। यो ढिलाइ अल्छी गरेर वा लाचार भएर भएको होइन। सबै पक्षसँग संवाद र छलफल गर्नुपर्ने भएकाले केही समय लागेको हो।’

    आङदेम्बेको नेतृत्वले पार्टीको मूल आदर्श र अहिलेको राष्ट्रिय आवश्यकतालाई आत्मसात गर्ने विश्वास सभापति थापाले व्यक्त गरे। उनले नयाँ र पुराना सबै सांसदहरूलाई एकतावद्ध बनाएर लैजान उनी सक्षम हुनेमा जोड दिए।



    lumbinisanjal   
  • २०८३ बैशाख १४, सोमबार १७:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP