• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    नवनियुक्त चार मन्त्रीले लिए शपथ, अन्तरिम सरकार अब १४ सदस्यीय

    • lumbinisanjal
    • २०८२ मंसिर २६, शुक्रबार १६:०३
    1.7K
    SHARES
    नवनियुक्त चार मन्त्रीले लिए शपथ, अन्तरिम सरकार अब १४ सदस्यीय

    काठमाडौं,२६ मंसिर । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चारजना मन्त्री थपिएका छन् । ती चारजना नयाँ मन्त्रीले राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    शपथ लिएका मन्त्रीहरूमा कुमार इङ्नामलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालय, पूर्वडीआईजी राजेन्द्रसिंह भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

    उनीहरूले शुक्रबार नै सिंहदरबारमा पदभार ग्रहण गर्ने भएका छन् । नयाँ चार मन्त्री थपिएसँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ ।



    lumbinisanjal   
  • २०८२ मंसिर २६, शुक्रबार १६:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP