• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    इनिशा विकको हत्याविरुद्ध मणिग्राममा युवाको आवाज : “हाम्रो छोरीहरू सुरक्षित कहिले?”

    • lumbinisanjal
    • २०८२ फाल्गुन ३०, शनिबार २३:०४
    858
    SHARES
    इनिशा विकको हत्याविरुद्ध मणिग्राममा युवाको आवाज : “हाम्रो छोरीहरू सुरक्षित कहिले?”

    बुटवल, ३० फागुन ।रुपन्देहीको मणिग्राम चोकमा युवाहरूले लैङ्गिक हिंसा, बलात्कार तथा हत्या विरुद्ध विरोध धर्ना कार्यक्रम आयोजना गरेका छन्। युवाका लागि युवा (वाइ.एफ.वाई) को आयोजनामा भएको कार्यक्रममा युवाहरूले विभिन्न व्यानर र प्लेकार्डसहित समाजमा बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गर्दै सशक्त आवाज उठाएका हुन्।

    कार्यक्रममा बोल्दै युवाका लागि युवा का संयोजक जीवन पाण्डे ले कुनै पनि नारी लैङ्गिक आधारमा बलात्कार, हत्या र हिंसाको सिकार हुन नपरोस् भन्ने उद्देश्यले विरोध कार्यक्रम आयोजना गरिएको बताए। “के हाम्री छोरीहरू समाजमा सुरक्षित छन्? हिंसा रहित समाज हाम्रो सपना हो” भन्ने नारासहित युवाहरूले हिंसाविरुद्ध सबै नागरिकले एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिएका थिए।

    सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिशा विक माथि भएको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधस्वरूप कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन्। घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीलाई कडा कारबाही गर्न युवाहरूले सरकारसँग माग समेत गरेका छन्।

    कार्यक्रममा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। विरोध कार्यक्रममा युवाहरूले समाजमा बढ्दो हिंसा अन्त्य गर्न राज्य र सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन दीपा थापा ले गरेकी थिइन्।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ३०, शनिबार २३:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP