• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    हातसम्बन्धी जटिल समस्याको उपचार अब बुटवल हस्पिटलमै

    • lumbinisanjal
    • २०८२ फाल्गुन २७, बुधबार १६:५०
    24.3K
    SHARES
    हातसम्बन्धी जटिल समस्याको उपचार अब बुटवल हस्पिटलमै

    बुटवल, २७ फागुन । हाडजोर्नी तथा हेन्ड सर्जन डा. बिकास न्यौपानेले विभिन्न प्रतिष्ठित स्वास्थ्य संस्थामा अनुभव हासिल गरेपछि अहिले बुटवलमै हातसम्बन्धी जटिल समस्याको उपचार सेवा सुरु गरेका छन्।

    डा. न्यौपानेले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाल्पाको युनाइटेड मिसन अस्पताल लगायतका प्रतिष्ठित स्वास्थ्य संस्थामा सेवा दिँदै महत्वपूर्ण अनुभव बटुलेका छन्।

    पश्चिम क्षेत्रका नागरिकलाई हातसम्बन्धी उपचार सेवा सहज बनाउने उद्देश्यले उनले भारतमा हेन्ड सर्जरीसम्बन्धी फेलोसिप अध्ययन समेत पूरा गरेका हुन्। सो अध्ययनपछि पुनः नेपाल फर्केर उनले बुटवलबाट विशेषज्ञ सेवा सुरु गरेका छन्।

    हाल उनी बुटवल हस्पिटल प्रा.लि. मार्फत बिरामीलाई परामर्श तथा उपचार सेवा प्रदान गरिरहेका छन्।

    विशेषगरी हात नचल्ने, हात दुख्ने, झमझम हुने, हात भाँचिएको, हातको नसा खुम्चिएको, घाँटीदेखि हातसम्म सिल्का हान्ने, जलेर हात बिग्रिएको, नङ नपलाउने, औंला, नाडी, कुहिनो वा काँध नचल्ने तथा दुख्ने जस्ता हातसम्बन्धी कुनै पनि समस्या भएमा बुटवल हस्पिटल प्रा.लिमा सम्पर्क गरी आवश्यक सल्लाह र उपचार लिन डा. न्यौपानेले जानकारी दिएका छन्।



    lumbinisanjal   
  • २०८२ फाल्गुन २७, बुधबार १६:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP