• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    विवाहमा गएका दुई किशोरीको शव फेला, एक बेपत्ता

    • lumbinisanjal
    • २०८२ फाल्गुन २६, मंगलवार १६:०३
    871
    SHARES
    विवाहमा गएका दुई किशोरीको शव फेला, एक बेपत्ता

    रुकुमपश्चिम, २६ फागुन । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ३ भाग्ले नजिकै सानीभेरी नदिमा दुई किशोरीको शव फेला परेको छ ।

    आज बिहान दुई अलग अलग स्थानमा दुई किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

    करिब पाँच सय मिटर फरक दूरीमा दुई शव फेला परेको बताईएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार शवको पहिचान समेत भएको छ ।

    शवहरू बाँफिकोट गाउँपालिका –३ गरालागोठ निवासी १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मिला ओलीको रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । भेरी नदि किनारमा तैरिएको अवस्थामा शव फेला परेका हुन् ।

    उहाँका अनुसार सोमबार बेलुका तीन जना किशोरी छिमेकी गाउँको विवाहमा जान भनेर घरबाट निस्किएका थिए ।।

    विवाहबाट फर्किने क्रममा उनीहरु बेपत्ता भएका थिए । उनीहरूको साथमा गएकी १३ वर्षीया सपना ओलीको भने अवस्था अज्ञात रहेको प्रहरी निरीक्षक पुनले  जानकारी दिनुभयो ।

    विवाहबाट फर्कँदै गर्दा भेरी नदिले बगाएको हुन सक्ने आशङ्का गरिएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट निरीक्षक पुनको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ ।

    यस अघि अस्थायी प्रहरी पोष्ट छिनखेतबाट पनि प्रहरी छोली घटनास्थलमा खटिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन २६, मंगलवार १६:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP