• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    भोलि बुटवलमा बृहत तरुण भेला हुँदै

    • lumbinisanjal
    • २०८२ फाल्गुन १५, शुक्रबार १७:३०
    1.6K
    SHARES
    भोलि बुटवलमा बृहत तरुण भेला हुँदै

    बुटवल,१५ फागुन । नेपाल तरुण दल रुपन्देही क्षेत्र नम्बर २ को आयोजनामा भोलि बुटवलमा ‘वृहत् तरुण भेला’ हुने भएको छ। कार्यक्रम दिउँसो ३:३० बजे बुटवल उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिने तयारी गरिएको छ।

    नेपाल तरुण दल रुपन्देही क्षेत्र नम्बर २ , तरुण दल बुटवल उपमहानगर समिती , सैनामैना नगर समिती र तिलोत्तमा नगरसमितिको संयुक्त आयोजनामा आयोजना गर्न लागिएको हो ।

    तरुण दल रुपन्देही क्षेत्र नम्बर २ का सभापति हसन्त लामाले कार्यक्रमबारे जानकारी दिँदै युवाशक्तिलाई संगठित गर्दै लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ बनाउने उद्देश्यले भेला आयोजना गरिएको बताए।

    उनका अनुसार भेलामा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरूको उपस्थिति रहनेछ भने वर्तमान राजनीतिक परिस्थिति, संगठन सुदृढीकरण र आगामी रणनीतिबारे विशेष छलफल गरिनेछ।

    कार्यक्रमको प्रमुख आतिथ्यता नेपाली कांग्रेसका पूर्व महामन्त्री बालकृष्ण खाँणले गर्ने तय भएको जनाइएको छ। भेलामा बुटवल, तिलोत्तमा र आसपासका क्षेत्रबाट उल्लेख्य संख्यामा तरुणहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

    सभापति लामाले युवाहरूलाई समयमै उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रहसमेत गरेका छन्।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १५, शुक्रबार १७:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP