• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    एमालेद्धारा भूमि आयोगको नाममा मतदाता प्रभावित गर्ने प्रयास, तिलोत्तमावासीको विरोध

    • lumbinisanjal
    • २०८२ फाल्गुन ९, शनिबार १४:२६
    585
    SHARES
    एमालेद्धारा भूमि आयोगको नाममा मतदाता प्रभावित गर्ने प्रयास, तिलोत्तमावासीको विरोध

    बुटवल, ९ फागुन । नेकपा एमालेका कार्यकर्ताले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं –४ सीमानगरमा भूमि आयोगको नाममा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदातालाई प्रभावित गर्न खोजेको पाईएको छ ।

    सीमानगर टोल विकास संस्थाका अध्यक्ष गिरबहादुर खाँणको नेतृत्वमा एमाले कार्यकर्ताले आज शनिवार बिहान झारा खारा भन्दै मान्छे जम्मा गर्न खोजेपछि स्थानीयले बिरोध गरेका छन ।
    संस्थाका अध्यक्ष खाँणले शुक्रबार उक्त वस्तीमा सिठ्ठी फुक्न लगाएर भूमि आयोगका अध्यक्षलगायत नापजाचँका लागि हेर्न आउँदैछन भन्दै स्थानीयलाई भेला गर्न खोजेको टोल विकास संस्थाका एक पूर्व सदस्यले बताए । विहान केही स्थानीय भेला भएपनि बिरोधपछि कार्यक्रम नै भाँडिएको छ ।

    संस्थामा प्रत्येक महिनाको एक पटक सिठ्ठी फुकेर स्थानीयलाई भेला गर्ने र हाजिरी लगाएर टोलमा सरसफाई गर्ने व्यवस्था गरिएको छ ।  प्रत्येक घरबाट अनिवार्य एक जना सरसफाईमा जानुपर्ने र नगए ५ सय जरिवाना लगाउने गरिएको स्थानीयको भनाई छ । यही कारण बिहानै स्थानीय जम्मा हुन थालेका थिए ।
    ‘आज पनि हाजिरी र सरसफाई होला भनेर बिहानै पुग्दा त भूमि आयोगको अध्यक्ष आउनु हँुदैछ भन्दै एमालेको झण्डा बोकेर आएका थिए । उनीहरुले स्थानीयलाई हाटबजारमा जम्मा गर्न थाले’ , एक स्थानीय वासिन्दाले नाम उल्लेख नगर्न आग्रह गर्दै भने – ‘भूमि आयोगबाट नापजाँच नै नभएको ठाँउमा चुनावको मुखमा किन हामीलाई बोलाएर गलत आश्वासन दिन खाजेको भनेर बिरोध गरेपछि बल्ल गए । जनप्रतिनिधि नै आएर हामीलाई झुक्याउन खोजे ।’

    तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि वडा नं ४ का अध्यक्ष हरिबहादुर क्षेत्री पनि त्यहाँ आएका थिए । तर स्थानीयले कार्यक्रम नै गर्न नदिएपछि उनी लुसुक्क बाईकमा भागेको प्रत्यक्षदर्शीले बताए ।

    यतिबेला एमाले कार्यकर्ताले रुपन्देही क्षेत्र नं –२ मा भूमि आयोगलाई भजाएर सुकुम्वासी वस्तीका टोल विकास संस्था मार्फत मत प्रभावित गर्न खोजेपछि स्थानीयले सबै पार्टीका उम्मेदवार र कार्यकर्ता बोलाएर मात्र कार्यक्रम गर्न माग गरेका छन ।

    निर्वाचनको समयमा कुनै पनि सरकारी निकायको नाममा मत प्रभावित गर्ने काम गर्न पाईदैन । सुकुम्वासी वस्ती सधै लालपूर्जा पाउने आशमा भोट बैंकको रुपमा प्रयोग हुँदै आएको छ । पटक – पटक भूमि आयोग बने पनि सबै सुकुम्बासी र भूमिहिनले लालपूर्जा पाउन सकेका छैनन् । यहीकारण निर्वाचनको मुखमा उनीहरुलाई अनेक लोभ देखाएर मत तान्ने प्रयास गरिन्छ ।

    कतिसम्म गरिएको छ भन्ने उदाहरण तिलोत्तमा –४ को उक्त सीमानगर टोल विकास संस्थाको नेतृत्वका गतिविधि हेरे पुग्छ । जबकी यस्ता संस्थाहरु सबै विचार र आस्था राख्नेहरुका साझा संस्थाका रुपमा चिनिन्छन् । यिनीहरुले टोलको हितमा काम गनुपर्ने हुन्छ । तर यतिबेला सीमानगर वस्तीलाई भने भोट बैंकको रुपमा भजाउन खोजिएको छ ।

    सीमानगर टोल विकास संस्थाका अध्यक्ष गीरबहादुर खाँणले भूमि आयोगको अध्यक्ष आउँदै हुनुहुन्छ भनेर टोलका वासिन्दालाई बोलाएको स्वीकार गरे । ‘एमाले वडा अध्यक्ष जितेन्द्र जीसीले भूमि आयोगबाट अध्यक्ष आउँदै हुनुहुन्छ, मान्छे जम्मा गर्नुस भन्नुभो ।’ उनले भने – ‘प्रत्येक घरको एकजना बोलाएका हौ, तर वस्ती भन्दा बाहिरकाले एमालेको झण्डा लिएर आएपछि कार्यक्रम स्थगीत गरियो ।’

    निर्वाचन आचारसंहिता विपरित एमाले कार्यकर्ताले मतदाता प्रभावित गर्न थालेको भन्दै नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले आपत्ती जनाएको छ । पार्टीका नेता नारायण जीसी ‘निर्मल’लें जनतालाई गुमराहमा पारेर टोल विकास संस्थालाई प्रयोग गर्ने कामबाट पार्टीको गंभीर ध्यानाकर्षण भएको बताए । उनले आगामी दिनमा यस्ता खालका गतिविधि भए पार्टीलाई मान्य नहुने भन्दै जनतालाई सचेत रहन आग्रह गरे ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ९, शनिबार १४:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP