• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्दै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक

    • lumbinisanjal
    • २०८२ फाल्गुन ४, सोमबार १८:०१
    1.2K
    SHARES
    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्दै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक

    सुर्खेत,०४ फागुन । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यका साथ शाइन रेसुङा डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत स्वास्थ्य सहयोग कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

    बैंकको बिरेन्द्रनगर शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम बिरेन्द्र नगर नगरपालिका –१३, कारेखोला स्थित स्वास्थ्य चौकीमा आयोजना गरिएको हो। कार्यक्रममा स्वास्थ्य चौकीलाई आवश्यक पर्ने ८ सेट स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

    कार्यक्रममा स्वास्थ्य चौकीका इन्चार्ज तथा कर्मचारी, वडा प्रतिनिधि र स्थानीय समुदायका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। करिब २०–२५ जना स्थानीय नागरिकको उपस्थितिमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष दिपेन्द्र कुमार कोइराला रहनुभएको थियो।

    बैंकले दुर्गम क्षेत्रमा बसोबास गर्ने, ठूला अस्पतालसम्म सहज पहुँच नभएका सेवाग्राहीलाई लक्षित गरी उक्त सहयोग गरेको जनाएको छ। यस पहलले स्थानीय स्वास्थ्य सेवाको क्षमता अभिवृद्धि हुनुका साथै ग्रामीण समुदायलाई आधारभूत स्वास्थ्य सेवामा थप सहजता पुग्ने विश्वास लिइएको छ।

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले यस किसिमका CSR कार्यक्रममार्फत समुदायको समग्र विकास, स्वास्थ्य प्रवर्द्धन तथा दिगो सामाजिक विकासमा स्थानीय सरोकारवालासँग सहकार्य गर्दै आफ्नो प्रतिबद्धता निरन्तर अघि बढाउँदै आएको जनाएको छ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ४, सोमबार १८:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP