• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    गगनले सुनाए बदलिएको कांग्रेसको स्वास्थ्य योजना

    • lumbinisanjal
    • २०८२ माघ २५, आईतवार ११:०९
    1.4K
    SHARES
    गगनले सुनाए बदलिएको कांग्रेसको स्वास्थ्य योजना

     ‘पैसा नभएकै कारण नेपालीले उपचारबाट बन्चित हुनु पर्दैन’

    ganनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसको स्वास्थ्य योजना सुनाएका छन् । सामाजिक सञ्जालमा सक्रिय थापाले भिडियो सन्देश जारी गर्दै पार्टीको स्वास्थ्य योजना सुनाएका हुन् ।

    बीमाको कार्यक्रमलाई सफल बनाउन एकीकृत गर्नुपर्ने आवश्यकता भएको र कुनै पनि नेपालीले पैसा नभएकै कारण उपचारबाट बन्चित हुनु नपर्ने आवस्थाको अन्त्य हुने बताएका छन् । ‘अहिले बीमाको कार्यक्रम अस्तव्यस्त भएको छ । यसलाई सुधार गर्नुपर्ने आवश्यकता छ । यसलाई जुन सोचका आधारमा ल्याइएको हो त्यही आधारमा अगाडि बढ्छ । स्वास्थ्य बीमालाई राष्ट्रिय गौरबको आयोजनामा राख्छौँ’, उनले भनेका छन् ।

    सभापति थापाले सबै नागरिकले स्वास्थ्य बीमा गर्नुपर्ने जोड दिएका छन् । सबै स्वास्थ्य कार्यक्रमलाई एकीकृत गर्नुपर्ने र प्रणालीगत सुधार आवश्यक रहेको उनको भनाइ छ ।

    सभापति थापाले भनेका छन्, ‘पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित हुने छैनन् । स्वास्थ्य बिमामा आवश्यक सुधार गरेर हरेक नागरिकलाई समेट्ने हाम्रो सङ्कल्प हो।’ बीमा गर्दा कसैले उपचारका लागि घरखेत बेच्नु नपर्ने भन्दै उनले स्वास्थ्यका सावालमा सरकारको जिम्मेवारी रहेको बताएका छन् ।



    lumbinisanjal   
  • २०८२ माघ २५, आईतवार ११:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP