• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    प्रथम प्रगति कप फुटबल सुरु, खेलकुदले युवालाई अनुशासन र एकतामा बाँध्छ : प्रमुख अतिथि ढकाल

    • lumbinisanjal
    • २०८२ माघ २४, शनिबार १६:४१
    2.4K
    SHARES
    प्रथम प्रगति कप फुटबल सुरु, खेलकुदले युवालाई अनुशासन र एकतामा बाँध्छ : प्रमुख अतिथि ढकाल

    बुटवल, २४ माघ । बुटवल–११ प्रगतिनगरमा प्रथम प्रगति कप फुटबल प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। प्रगतिनगर युवा परिवारको आयोजनामा सुरु भएको प्रतियोगिताको आज एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो।

    उद्घाटन समारोहका प्रमुख अतिथि राजेन्द्र ढकालले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले युवालाई अनुशासन, नेतृत्व र सकारात्मक सोचतर्फ डोर्‍याउने बताउनुभयो। उहाँले भन्नुभयो, “युवालाई कुलत र नकारात्मक प्रवृत्तिबाट टाढा राख्न खेलकुद सबैभन्दा प्रभावकारी माध्यम हो। यस्ता प्रतियोगिताले समाजमा एकता र सहकार्यको भावना विकास गर्छ।”

    प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। स्थानीयस्तरका खेलाडीलाई क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ।

    कार्यक्रम प्रगतिनगर युवा परिवारका अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

    कार्यक्रममा विशिष्ट अतिथि दीपक बास्तोला, ठाकुर गैरे, युवा नेता सुजन थकालीलगायत समाजसेवी तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।

    अध्यक्ष गुरुङले प्रगति कपलाई आगामी वर्षहरूमा अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रतियोगिताले स्थानीय खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

     



    lumbinisanjal   
  • २०८२ माघ २४, शनिबार १६:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP