• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    आयोजकलाई फाइनलमै पराजित गर्दै ताण्डब एफसी बुटवल च्याम्पियन

    • lumbinisanjal
    • २०८२ माघ २३, शुक्रबार ११:२२
    3.8K
    SHARES
    आयोजकलाई फाइनलमै पराजित गर्दै ताण्डब एफसी बुटवल च्याम्पियन

    बुटवल, २३ माघ । चाँदनी युवा क्लब, कञ्चन–१ दानापुरद्वारा २३ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको खुला सेभेन–ए–साइड फुटबल प्रतियोगिताको उपाधि ताण्डब एफसी बुटवलले जितेको छ।

    प्रतियोगिताको सेमिफाइनल खेलमा ताण्डब एफसीले हाइजिन किचन एण्ड रेस्टुरेन्टलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। फाइनल खेलमा आयोजक चाँदनी युवा क्लबलाई कडा प्रतिस्पर्धाबीच १–० गोलले पराजित गर्दै ताण्डब एफसी उपाधि हात पार्न सफल भयो।

    ताण्डब एफसीको जितमा खेलाडी अनुप गुरुङले निर्णायक एक गोल गर्दै टोलीलाई विजयी बनाएका थिए। प्रतियोगितामा ताण्डब एफसीका म्यानेजर सुदन श्रेष्ठ र कोच एलिज बाबु श्रेष्ठको प्रभावकारी नेतृत्वले टोलीको खेल उत्कृष्ट बनेको थियो।

    स्थानीय स्तरमा खेलकुदको विकास र युवालाई सक्रिय बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले दर्शकको उल्लेख्य सहभागिता र उत्साह समेत पाएको थियो।



    lumbinisanjal   
  • २०८२ माघ २३, शुक्रबार ११:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP