• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    स्वर्गीय बुवाको स्मृतिमा महानिरीक्षक कार्कीद्धारा विद्यालयमा अक्षयकोष स्थापना

    • lumbinisanjal
    • २०८२ माघ १८, आईतवार १७:४८
    1.6K
    SHARES
    स्वर्गीय बुवाको स्मृतिमा महानिरीक्षक कार्कीद्धारा विद्यालयमा अक्षयकोष स्थापना

    गुल्मी, १८ माघ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले आफूले बाल्यकालमा अध्ययन गरेको विद्यालयमा स्वर्गीय बुवा कृष्णबहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ।

    मालिका गाउँपालिका–७, घमिरस्थित देविस्थान माध्यमिक विद्यालयमा महानिरीक्षक कार्कीले पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो। उक्त अक्षयकोषबाट प्राप्त ब्याज रकममार्फत विद्यालयमा अध्ययनरत दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रूपमा छात्रवृत्ति प्रदान गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरखबहादुर अर्यालले जानकारी दिनुभयो।

    विद्यालयको ५४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा महानिरीक्षक कार्कीले अक्षयकोष स्थापना गर्नुका साथै विद्यालयलाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यले डिजिटल स्मार्ट बोर्डसमेत प्रदान गर्नुभएको छ।

    उक्त स्मार्ट बोर्ड महानिरीक्षक कार्कीकी धर्मपत्नी तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीमार्फत विद्यालयलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक खिमबहादुर बुढाथोकीले बताउनुभयो।

    वि.सं. २०२८ सालमा महानिरीक्षक कार्कीका बुवाको पहलमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा १२ सम्म अध्ययन–अध्यापन हुँदै आएको छ।

    करिब पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयलाई सूचना प्रविधिसँग जोड्दै विद्यार्थीहरूको मनोबल उच्च राख्न गरिएको महानिरीक्षक कार्कीको पहल अत्यन्तै प्रशंसनीय रहेको विद्यालयका सूचना प्रविधि शिक्षक बुद्धिनाथ पाण्डेले बताउनुभयो।



    lumbinisanjal   
  • २०८२ माघ १८, आईतवार १७:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP