• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बस्तु रुपन्देही सम्पर्क समाजद्वारा रुपन्देहीमा बृहत् रक्तदान , ५५ पिन्ट रगत संकलन

    • lumbinisanjal
    • २०८२ पुष १०, बिहीबार १४:०४
    6.4K
    SHARES
    बस्तु रुपन्देही सम्पर्क समाजद्वारा रुपन्देहीमा बृहत् रक्तदान , ५५ पिन्ट रगत संकलन

    बुटवल ,१० पुस । धुर्कोट बस्तु रुपन्देही सम्पर्क समाजको आयोजनामा रुपन्देहीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गुल्मीको धुर्कोट बस्तुमा जन्मलिइ रुपन्देहीमा बसोबास गर्ने एककृत भई समाजको स्थापना गरिएको हो । समाजका अध्यक्ष टोपलाल भण्डारीको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हरीबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा लोक सेवा आयोग लुम्बिनी प्रदेशका सचिव बाबुराम भण्डारी, समाजका सल्लाहकार डा. हरिप्रसाद भण्डारी, इ. कृष्णप्रसाद भण्डारी, मोहनप्रसाद भण्डारी, अधिवक्ता पशुपति भण्डारी, तुलसीराम भण्डारी , केशव कुँवर  लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    रक्तदान कार्यक्रममा कुल ५५ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक नारायण भण्डारीले लुम्बिनी सञ्जाललाई जानकारी  दिनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष हरीबहादुर क्षेत्रीले रक्तदान जीवनदान भएकाले यस्ता मानवीय र सामाजिक कार्यमा सबैको निरन्तर सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले बस्तु रुपन्देही सम्पर्क समाजले सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै समाजको सक्रियतालाई प्रशंसा गर्नुभयो ।

    कार्यक्रमका अन्य वक्ताहरूले पनि रक्त अभावको समस्या न्यूनीकरण गर्न नियमित रक्तदान कार्यक्रम आवश्यक रहेकोमा जोड दिँदै समाजको पहल उदाहरणीय रहेको धारणा राखेका थिए ।

    समाजका सचिव भानुभक्त पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा रक्तदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । समाजले आगामी दिनमा पनि यस्ता सामाजिक र मानवीय गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ पुष १०, बिहीबार १४:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP