• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    पश्चिम क्षेत्रमा ठूलो वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह

    • lumbinisanjal
    • २०८२ असार ६, शुक्रबार ०५:५३
    4.2K
    SHARES
    पश्चिम क्षेत्रमा ठूलो वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह

    काठमाण्डौ,०६ असार । पश्चिमका केही ठाउँमा रातिदेखि नै ठूलो पानी परेको छ । बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, रोल्पा, बागलुङ, रुपन्देही , कपिलवस्तु ,पाल्पा, गुल्मी , अर्घाखाँची ,म्याग्दी, नवलपरासी, कास्की, लमजुङ लगायतका ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    ठूलो पानी परेपछि बाँके र बर्दियामा पर्ने बबई र कर्णाली तथा पाल्पा र बागलुङको नारायणी नदीमा बाढी आएको छ । बर्दियाको दौलतपुर, बर्गादही, राम्भापुर, रानीजरुवा र कुम्रा गाउँमा ठूलो पानी परेकाले ती क्षेत्रका मुख्य नदी लगायत ती क्षेत्र भई बहने खोलाहरूमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    बाँके, गोरखा, लमजुङ्ग, कास्की, पर्वत, पाल्पा, बागलुङ्ग लगायत आसपासको क्षेत्रहरुमा मध्यमदेखि ठूलो पानी परेकाले त्यस क्षेत्रका नदी र खोला आसपासमा सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने तथा कोशी र मधेस प्रदेशका तराईका भू–भागहरुका थोरै ठाउँहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।



    lumbinisanjal   
  • २०८२ असार ६, शुक्रबार ०५:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP