• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    देउवा उम्मेदवार नबन्ने

    • lumbinisanjal
    • २०८२ माघ ६, मंगलवार ०६:२२
    975
    SHARES
    देउवा उम्मेदवार नबन्ने

    काठमाडौं ,०६ माघ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् ।

    देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले भाग नलिने जानकारी दिएका हुन् ।

    देउवाले चुनाव लड्न डडेल्धुराबाट टिकट माग गरे पनि कांग्रेसले टिकट दिएको थिएन । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न भनेको थियो।

    फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ (आज)गते मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।

    देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव लड्दै र जित्दै आएका थिए । उनी अहिलेसम्म सात पटक निर्वाचित भइसकेका छन् ।



    lumbinisanjal   
  • २०८२ माघ ६, मंगलवार ०६:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP