• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    ईशान पौडेल हत्या प्रकरण: दोषी पहिचान गरी हदैसम्मको कारबाही गर्न बुटवल उद्योग वाणिज्य संघको माग

    • lumbinisanjal
    • २०८२ पुष ७, सोमबार १९:३८
    1.8K
    SHARES
    ईशान पौडेल हत्या प्रकरण: दोषी पहिचान गरी हदैसम्मको कारबाही गर्न बुटवल उद्योग वाणिज्य संघको माग

    बुटवल,०७ पुस । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र अर्जुन पौडेलका १७ वर्षीय छोरा ईशान पौडेलको हत्यामा संलग्न व्यक्तिलाई पहिचान गरी हदैसम्मको कारबाही गर्न माग गरेको छ।

    संघले आइतबार जारी गरेको विज्ञप्तीमार्फत रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ३ धौलागिरी चोक निवासी व्यवसायी तथा संघकी सदस्य रमा पौडेल र अर्जुन पौडेलका छोरा ईशान पौडेलको जघन्य हत्याप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको कडा निन्दा गरेको हो। ईशानको यही पुस ३ गते बिहीबार राति आफ्नै घर नजिकै हत्या भएको थियो।

    संघका अध्यक्ष हरिप्रसाद अर्यालद्वारा जारी विज्ञप्तीमा नयाँ पुस्ताका ऊर्जावान र होनहार युवाको यस प्रकारको हत्या अत्यन्त दुःखद र निन्दनीय रहेको उल्लेख गरिएको छ। साथै, घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।

    संघले घटनाको निष्पक्ष, प्रभावकारी र छिटो अनुसन्धान गर्न प्रहरी प्रशासनलाई आग्रह गर्दै दोषीलाई कडा कारबाही गरे मात्र समाजमा शान्ति सुरक्षा कायम हुने विश्वास व्यक्त गरेको छ।



    lumbinisanjal   
  • २०८२ पुष ७, सोमबार १९:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP