• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    जिनोमिक डाइग्नोष्टिक ल्याबको नयाँ नेतृत्व चयन, अध्यक्षमा नारायण प्रसाद भण्डारी

    • lumbinisanjal
    • २०८२ पुष ६, आईतवार ०९:४४
    1.6K
    SHARES
    जिनोमिक डाइग्नोष्टिक ल्याबको नयाँ नेतृत्व चयन, अध्यक्षमा नारायण प्रसाद भण्डारी

    बुटवल ,०६ पुस । जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरी प्रालिको आठौँ साधारण सभा तथा चौथो अधिवेशनबाट सञ्चालक समितिको नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले नारायण प्रसाद भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

    बुटवलमा सम्पन्न अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको निर्वाचन अधिकृत गुणानिधि खनालले जानकारी दिए । नवगठित समितिका सदस्यहरूमा रमेश पाण्डे, सीता थापा, प्रविण साह, बालकृष्ण पौडेल र खिमलाल पाण्डे रहेका छन् ।

    २०७५ साल वैशाख ३० गते ७१ जना स्वास्थ्यकर्मीको करिब ३ करोड ५० लाख रुपैयाँ लगानीमा स्थापना भएको जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरी प्रालि हाल नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘बी’ ग्रेडको मान्यता प्राप्त गरी सञ्चालनमा रहेको छ ।

    ल्याबले सरकारद्वारा निर्धारण गरिएको मूल्य–मान्यताको आधारमा गुणस्तरीय मेडिकल ल्याबोरेटोरी सेवाहरू प्रदान गर्दै आएको अध्यक्ष भण्डारीले बताए । उनका अनुसार ल्याबमा HPV DNA परीक्षणसहित आवश्यक सबै प्रकारका प्रयोगशाला सेवाहरू उपलब्ध छन् ।

    अधिवेशन तथा साधारण सभा संस्थाका अध्यक्ष मान बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने नारायण प्रसाद भण्डारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन रमेश पाण्डेले गरेका थिए ।



    lumbinisanjal   
  • २०८२ पुष ६, आईतवार ०९:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP