• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    आशिर प्रताप जंगको निर्देशनमा ‘माया देखाउन नमिल्ने रैछ’ भावनात्मक प्रेमगित सार्वजनिक

    • lumbinisanjal
    • २०८२ माघ २३, शुक्रबार १७:२१
    3.7K
    SHARES
    आशिर प्रताप जंगको निर्देशनमा  ‘माया देखाउन नमिल्ने रैछ’ भावनात्मक प्रेमगित सार्वजनिक

    बुटवल, २३ माघ । गायक तथा सर्जक नेहर बुद्धथोकीको नयाँ प्रेमगीत ‘माया देखाउन नमिल्ने रैछ’ सार्वजनिक भएको छ।

    प्रेमका अनकही पीडा, मौन वेदना र नदेखाइने मायालाई गीतले गहिरो भावनात्मक रूपमा प्रस्तुत गरेको छ। नेहर बुद्धथोकीकै स्वर, शब्द र संगीत रहेको यो गीत श्रोताको मन छुने खालको बनेको छ।

    सरल तर गहिरो भाव बोकेको गीतले प्रेम सधैं व्यक्त गर्न नसकिने, तर मनभित्र गहिरो रूपमा बसिरहने अनुभूतिलाई कलात्मक ढंगले उजागर गर्छ।

    गीतको संगीत संयोजन विशाल निरौलाले गरेका छन् भने मिक्सिङ र मास्टरिङ कुमार राणाको रहेको छ। सुमन राणाले रेकर्डिस्टको जिम्मेवारी सम्हालेका छन्। अडियो तथा भिडियो निर्माण स्मिता स्नेहा इन्टरटेनमेन्टले गरेको हो।

    भिडियोतर्फ, राजेन्द्र खत्रीको निर्माण र आशिर प्रताप जंगको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आशिर प्रताप जंग र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ। उनीहरूको स्वाभाविक अभिनयले गीतको भावलाई अझ जीवन्त बनाएको छ।

    भिडियोको छायांकन करन चाइसिरले गरेका हुन्, जसले दृश्यात्मक रूपमा प्रेमको मौनतालाई सुन्दर फ्रेममा उतारेका छन्।

    समग्रमा, ‘माया देखाउन नमिल्ने रैछ’ प्रेममा रहेका तर भन्न नसक्ने भाव बोकेका दर्शक–श्रोताका लागि एउटा सशक्त प्रस्तुति बनेको छ। गीतले छोटो समयमै सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

    हेर्नुहोस भिडियो :

     



    lumbinisanjal   
  • २०८२ माघ २३, शुक्रबार १७:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP