• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    सिद्घार्थ भोजनालयको शुभारम्भ

    • lumbinisanjal
    • २०८२ मंसिर २६, शुक्रबार १६:११
    4K
    SHARES
    सिद्घार्थ भोजनालयको शुभारम्भ

    बुटवल, २६ मंसिर । दैनिक युवाहरुमा विदेश मोह देखिएको छ । यस्तो बेला रुपन्देहीमा एक युवा जोडीले भने यही होटलमा लगानी थप्दै सुविधासम्पन्न सेवातर्फ अघि बढेका छन ।

    तिलोत्तमामा रहेको सिद्धार्थ रेष्टुरेन्ट एण्ड भोजनालयमा लगानी बढाएर ओमसतिया–१ मा युवा बुद्घिराज भट्टराई र प्रतिमा भट्टराईको दम्पतीले सेवा सुभारम्भ गरेका हुन । करीब ६० लाख लगानीमा नया ब्यवस्थापनसहित भोजनालय संचालनमा आएको हो ।

    एक समारोहका बिच रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष माधव खनालले उद्घाटन गर्दै धेरै ब्यवसाय धराशाही भैरहेको बेला युवा दम्पतीबाट पर्यटन क्षेत्रमा लगानी गरेर अवसर सृजना गरेको बताए ।

    कार्यक्रममा सल्लाहकार माधव प्रसाद नेपालले रेष्टुरेन्ट खोल्नेमात्र नभई उद्यमीहरु यसको अर्थमा पनि स्पष्ट हुनुपर्ने बताए । सेवा ब्यवसायमा पर्ने राम्रो खाना र नास्ता स्वादिलो बनाएर खुवाउने पेशालाई एकरुपता ल्याउन जरुरी रहेको उनले बताए । आतिथ्यता बुझाउने पेशा भएको हुदा पनि गुणस्तर बढाउने गरि सेवा दिन आग्रह गरे ।

    विगत लामोसमयदेखी होटल पेशामै रहेका भट्टराई दम्पतीले लगानी थप गरि सुविधासम्पन्न संचालनमा ल्याएका हुन । भोजनालयमा हास र बोकाको विशेष परिकार पाईन्छ ।

    कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, सचिव तुल्सिराम पराजुलीले मौलिक खानाको परिकार पस्कन सुझाव दिए ।

    तिलोत्तमानगरपालिका र ओमसतियाको सिमामा पर्ने सिक्सलेन सडकमा खोलिएको भोजनालयमा पाच वटा क्याबिनसहितको रुफ टप रेष्टुरेन्ट समेत रहेको छ ।



    lumbinisanjal   
  • २०८२ मंसिर २६, शुक्रबार १६:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP