• २०८३ भाद्र २४ | Wed, 09 Sep 2026
  • Dark Mode

          Subscribe

    पाल्पामा फोर्स दुर्घटना, ३ जनाको मृत्यु, ८ जना घाइते

    • lumbinisanjal
    • २०८२ मंसिर २६, शुक्रबार १२:१५
    3.1K
    SHARES
    पाल्पामा फोर्स दुर्घटना, ३ जनाको मृत्यु, ८ जना घाइते

    पाल्पा ,२६ मंसिर । पाल्पामा शुक्रबार बिहान फोर्स मिनीबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    अरुणखोलाबाट रामपुरतर्फ आइरहेको लु १ ज ३९०८ नम्बरको फोर्स गाडी निस्दी गाउँपालिका–४ चिउरीबासका दुर्घटना भएको हो ।दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले जानकारी दिए ।

    गाडी घुम्तीनजिकै सडकबाट झन्डै ५०० मिटर तल खोल्सामा खसेको थियो ।

    मृतकको पहिचान खुल्न सकेको छैन । घाइतेको उद्धार भइरहेको ठकुरीले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८२ मंसिर २६, शुक्रबार १२:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP