• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    छत्रकोटमा आठौं राष्ट्रपति रनिङ शिल्ड हुने

    • lumbinisanjal
    • २०८२ मंसिर ३, बुधबार १२:४४
    1.7K
    SHARES
    छत्रकोटमा आठौं राष्ट्रपति रनिङ शिल्ड हुने

    गुल्मी, ०३  मङ्सिर । गुल्मीको छत्रकोट गाउँपालिकाले आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । यही मङ्सिर २० देखि २२ गतेसम्म छत्रकोट गाउँपालिका–६, सेङ्दि खेलमैदान खज्र्याङ्गमा प्रतियोगिता सञ्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रुद्रहरि पुरीले जानकारी दिनुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत पुरीका अनुसार आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० को पाँचौँ संशोधन अनुसार चालू शैक्षिक सत्रको मङ्सिर १७ गतेसम्म १८ वर्षमुनिका कक्षा १२ सम्म छत्रकोट गाउँपालिकाअन्तर्गतका विद्यालयहरूमा नियमित अध्ययनरत छात्र÷छात्राहरूलाई अनिवार्य सहभागी गराउन आग्रह गरिएको बताइएको छ ।

    प्रतियोगितामा भाग लिने छात्र/छात्रा खेलाडीले मङ्सिर १५ देखि १७ गतेसम्म नाम दर्ता गराउनुपर्ने उहाँले बताउनुभयो । प्रतियोगितामा भलिबल छात्र/छात्रा, एथ्लेटिक्स छात्र/छात्रा दौड (ट्रयाक), उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्वाभलिङ थ्रो, सटपुटलगायतका खेल खेलिनेछ । सहभागी विद्यार्थीको उमेरको विषयमा कुनै विवाद भएमा कक्षा–८ को प्रमाणपत्र वा जन्मदर्तामा उल्लेखित जन्म मितिलाई आधार मानिने उहाँले बताउनुभयो ।

    एथ्लेटिक्स प्रतियोगितामा प्रत्येक विद्यालयले रिले खेलका हकमा महिला पुरुष रिलेको प्रत्येक इभेन्टमा १/१ समूह मात्र र अन्य प्रत्येक इभेन्टमा बढीमा छात्र/छात्रा गरी १/१ जना खेलाडीहरूलाई सहभागी गराउन सकिनेछ । प्रत्येक खेलाडीले बढीमा एक फिल्ड दुई ट्रयाक वा दुई फिल्ड एक ट्रयाकमा भाग लिन पाउनेछन् । प्रत्येक विद्यालयले भलिबल खेलतर्फ बढीमा नौ जनासम्म खेलाडी छात्र÷छात्राहरू सहभागी गराउन सक्नेछन् ।



    lumbinisanjal   
  • २०८२ मंसिर ३, बुधबार १२:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP