• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    ईपीएस भाषा परीक्षा आजबाट सुरु

    • lumbinisanjal
    • २०८२ मंसिर १, सोमबार ११:००
    2K
    SHARES
    ईपीएस भाषा परीक्षा आजबाट सुरु

    काठमाडौं,०१ मंसिर । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएको समूहको भाषा परीक्षा आजदेखि सुरु भएको छ ।

    पहिलो चरणमा उत्पादन क्षेत्रका लागि आवेदन दिने परीक्षार्थीहरूको परीक्षा लिइँदै छ । उत्पादन क्षेत्रमा मात्र ६७ हजार जनाले आवेदन दिएका छन् ।

    सन् २०२५ मा ईपीएसमार्फत कोरिया जान कुल एक लाख दुई हजार ५१५ जनाले आवेदन दिएका छन् । तीमध्ये उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखी पहिलो चरणको भाषा परीक्षा सुरु गरिएको हो । दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएका ३५ हजार जनाको परीक्षा लिइनेछ ।



    lumbinisanjal   
  • २०८२ मंसिर १, सोमबार ११:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP