• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    गुल्मीमा छोराको हतियार प्रहारबाट बुवाको मृत्यु, आमाको अवस्था गम्भीर

    • lumbinisanjal
    • २०८२ कार्तिक १६, आईतवार ०८:१६
    11K
    SHARES
    गुल्मीमा छोराको हतियार प्रहारबाट बुवाको मृत्यु, आमाको अवस्था गम्भीर

    गुल्मी,१६ कार्तिक । गुल्मी जिल्लाको मालिका गाउँपालिका–३ म्यालमा छोराले हतियार प्रहार गर्दा बुवाको मृत्यु भएको र आमाको अवस्था गम्भीर बनेको छ।

    स्थानीय २३ वर्षीय भोट बि.क.ले आफ्ना बुवा करिब ५० वर्षीय धन बि.क. र आमा करिब ४८ वर्षीया दिलमाया बि.क.लाई धारिलो हतियार (हसिया) र काठको किला ठोक्ने मुंग्रोले प्रहार गरेका हुन्। सो क्रममा बुवा धन बि.क.को घटनास्थलमै मृत्यु भएको छ भने आमाको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

    घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी अर्खवाङका प्रमुख प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। साथै थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा अर्को टोली पनि खटिएको थियो।

    प्रहरीका अनुसार घटना गर्ने भोट बि.क.लाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक बुझाइ अनुसार उनको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (DSP) तथा सूचना अधिकारी गंगा सारुका अनुसार मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखिएको छ भने घाइते आमाको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १६, आईतवार ०८:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP