• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    जन्मदिनको अवसरमा खनालद्धारा बौद्धिक अपांगता भएका विद्यार्थीलाइ स्टेशनरी तथा खेलकुद सामाग्री प्रदान

    • lumbinisanjal
    • २०८२ कार्तिक १३, बिहीबार १९:२१
    3.5K
    SHARES
    जन्मदिनको अवसरमा खनालद्धारा बौद्धिक अपांगता भएका विद्यार्थीलाइ स्टेशनरी तथा खेलकुद सामाग्री प्रदान

    बुटवल , १३ कार्तिक । नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सदस्य ,मानव अधिकार तथा शानित समाजका पूर्व केन्द्रिय सभापति,गोविन्द खनालले आफ्नो जन्मदिनको अवसरमा बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाइ स्टेशनरी तथा खेलकुद सामाग्री प्रदान गरेर मनाउनु भएको छ ।

    रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ रामापुरमा रहेको बौद्धिक अपांगता सेवा केन्द्रमा अध्ययनरत बौद्धिक अपांगता भएका बालबालिकालाई पढाईमा टेवा पुगोस भन्ने उद्देश्यले स्टेशनरी र खेलकुदका सामाग्री प्रदान गरेको खनालले बताउनु भयो ।
    सुविगो मिडिया प्राली राज्य टेलिभिजनका संस्थापक अध्यक्ष साझा हस्पिटल प्रालि बुटवलका अध्यक्ष समेत रहनु भएका खनालले बौद्धिक अपांगता सेवा केन्द्र संचालनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

    स्टेशनरी तथा खेलकुदका सामाग्री प्रदान गर्दै खनालले बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई जन्मदिनको अवसरमा खेलकुद र स्टेशनरी सामाग्री वितरण गर्न पाएकोमा खुसी लागेको बताउनुभयो । उहाँले बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई सामान्य बालबालिकाहरुलाई जस्तो रेखदेख गरेरमात्रै नपुग्ने भन्दै उनीहरुलाई बिशेष प्रकारका शिक्षा र तालिम आवश्यक पर्ने उल्लेख गर्नुभयो ।

    बौद्धिक अपांगता सेवा केन्द्रकी प्रिन्शिपल सुशीला पन्तले कांग्रेसका जिल्ला सदस्य तथा समाजसेवी व्यक्तित्व खनालले जन्मदिनको अवसरमा सेवा केन्द्रमा रहेका बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई स्टेशनरी तथा खेलकुदका सामाग्री प्रदान गरेकोमा धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा पनि सहयोग पाईरहने विश्वास ब्यक्त गर्नुभयो ।

    त्यस्तै नेपाल तरुणदल सैनामैना र नेपाल विद्यार्थी संघले पनि खनालको जन्म दिन विशेष कार्यक्रम गरी मनाएको छ ।

     

     



    lumbinisanjal   
  • २०८२ कार्तिक १३, बिहीबार १९:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP