• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गएनन् शीर्ष नेताहरू

    • lumbinisanjal
    • २०८३ जेष्ठ २५, सोमबार ०९:४८
    13
    SHARES
    रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गएनन् शीर्ष नेताहरू

    बुटवल ,२४ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा शीर्ष नेताहरू अनुपस्थित भएका छन् ।

    नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बैठकमा सहभागी छैनन् ।  यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि बैठक बहिष्कार गरेका छन् ।

    उनीहरू मध्ये प्रचण्ड अस्वस्थ भएपछि स्वास्थ्य लाभ गरिरहेका छन् । सर्वदलीय बैठकमा पार्टीका प्रमुखलाई निमन्त्रणा गरिएको थियो ।

    संसदकाे गतिरोध र पछिल्ला राजनीतिक विषयमा छलफल गर्नका लागि रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन् ।

    प्रतिनिधिसभाको ठूलो दलको हैसियतले लामिछानेले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २५, सोमबार ०९:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP