• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा आज उच्च अदालत दाङमा सुनुवाइ

    • lumbinisanjal
    • २०८२ कार्तिक १३, बिहीबार १२:४२
    2.8K
    SHARES
    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा आज उच्च अदालत दाङमा सुनुवाइ

    काठमाडौं ,१३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व संचालक छविलाल जोशीको सहकारी ठगी तथा संगठित अपराध सम्बन्धि मुद्दाको सुनुवाई आज उच्च अदालत दाङ, बुटवल इजलासमा हुँदैछ।

    मुद्दाको सुनुवाई न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासले गर्नेछ। लामिछाने र जोशीले फरक(फरक निवेदन पेश गरिसकेका छन्। यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले दुवै मुद्दा एकै प्रकृतिका भएकाले संगै राख्न आदेश दिएको थियो।

    लामिछानेले आफ्नो भागको बिगोअनुसारको रकम बुझाइ थुनाबाहिरै रहेर मुद्दा लड्न अनुमति मागेका थिए। जिल्ला अदालत रूपन्देहीले यो निवेदन खारेज गरेपछि उनी उच्च अदालत पुगेका हुन्। उनले बिगोबापत बैंक ग्यारेण्टी पनि पेश गरिसकेका छन्।



    lumbinisanjal   
  • २०८२ कार्तिक १३, बिहीबार १२:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP