• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    शंकर पोखरेलको स्ट्याटसमा गृहमन्त्रीको कमेन्टः ‘तथ्यहीन कुरा नगर्नुस्’

    • lumbinisanjal
    • २०८२ कार्तिक ८, शनिबार ११:२७
    2K
    SHARES
    शंकर पोखरेलको स्ट्याटसमा गृहमन्त्रीको कमेन्टः ‘तथ्यहीन कुरा नगर्नुस्’

    बुटवल , ८ कार्तिक । एमाले महासचिव शंकर पोखरेल र गृहमन्त्री ओम प्रकाश अर्यालबिच सामाजिक सञ्जाल फेसबुकमा चर्काचर्की भएको छ ।

    महासचिव पोखरेलले जेनजी आन्दोलनको घटना दोषीमाथि कारबाही गर्न प्रहरीलाई गृहमन्त्रीले रोकेको आरोप लगाएपछि गृहमन्त्री अर्यालले तथ्यहीन कुरा नगर्न र जिम्मेवार बन्न पोखरेललाई आग्रह गरेका छन ।

    महासचिव पोखरेलले आफ्नो फेसबुक स्ट्याटसमा ‘२३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत हो’ भन्दै दोषी जोसुकै भए पनि कानुन अनुसार कारबाही हुनुपर्नेमा जोड दिएका थिए ।

    उनले थप लेखेका थिए, ’विध्वंस र लुटपाटमा संलग्नलाई नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने बालेनजीले राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो’ बन्न खोज्नु हास्यास्पद छ।’

    पोखरेलले नेपाल प्रहरीलाई स्वतन्त्र ढङ्गले अनुसन्धान र अभियोजन गर्न दिनुपर्ने बताउँदै नेकपा (एमाले) को पूर्ण सहयोग रहने बताएका थिए ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ८, शनिबार ११:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP