• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

    • lumbinisanjal
    • २०८१ फाल्गुन १६, शुक्रबार ०५:५०
    1.7K
    SHARES
    पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

    बुटवल , १६ फाल्गुन । नेपालकी पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको उपचारका क्रममा आज शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो।

    महराजगन्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको सूचना अधिकारी पाण्डेले जानकारी दिए। श्रेष्ठको आजै साँझ ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १६, शुक्रबार ०५:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP