• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    तिलोत्तमा नगरपालिकामा ओटिसी सेन्टरको उद्घाटन

    • lumbinisanjal
    • २०८१ माघ ३०, बुधबार १६:४१
    2.3K
    SHARES
    तिलोत्तमा नगरपालिकामा ओटिसी सेन्टरको उद्घाटन

    बुटवल , ३० माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पोषण मार्फत जीवन रुपान्तरण परियोजना Outpatient Therapeutic Care (OTC-Center) सेन्टर उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

    नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलका अनुसार तीन हजार आठ सय सत्र बालबालिकाको पोषण लेखाजोखा गरे मध्ये अति शीघ्र कुपोषण पाचँ जनालाई र शीघ्र कुपोषण ८३ जनालाई लागेको बताउनु भयो । उहाँले अती शीघ्र कुपोषण लागेकालाई ४२ दिन सम्म भर्ना गरेर उपचार गराउने र अन्य बालबालिकालाई सुपर सेल पोषण प्रदान गर्ने बताउनुभएको थियो । पुष ८ देखी सुरु भएको कार्यक्रममा १३ वटा वडामा पोषण प्रदान गरिएको बताउनुभयो ।

    कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जगेश्वर देवी चौधरीले कुपोषण रहित नगर बनाउने हाम्रो लक्ष्य रहेको र सवै बालबालिकाहरुलाई पोषणको पहुचमा लैजाने बताउनुभएको थियो । उहाँले गर्वावस्थामा भएका महिलाहरुका लागि नगरले नि:शुल्क भिडियो एक्स-रे सेवा उपलब्ध गराएको बताउनुभयो ।

    तिलोत्तमा स्थित शंकरनगर स्वास्थ्य चौकीमा भएको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष डिल बहादुर भट्टराई , शंकरनगर स्वास्थ्य चौकीका कार्यालयका प्रमुख राजेश ज्ञवाली , हेलेन केलर प्रतिनिधि भिमा पराजुली , सेतो गुरासँ बाल बिकास सेवाका कार्यकारी निर्देशक सुनिता शर्मा लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्यहरु , नगर सभा सदस्यहरु , वडा सदस्यहरु , महिला स्वयंसेवीकाहरु , टोल बिकास संथाका प्रतिनिधिहरु , स्थानिय क्लबका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रम सञ्चालक एवम नगरपालिकाका स्वास्थ्य अधिकृत राम प्रसाद ढकालले ६ महिना देखी ५९ महिना सम्मका बालबालिकालाई पोषण लेखाजोखा गरेको र यो कार्यमा कोही नछुट्ने गरी लाग्नुपर्ने बताउनुभएको थियो ।



    lumbinisanjal   
  • २०८१ माघ ३०, बुधबार १६:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP