• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    तिहारमा सैनामैनाका युवाद्वारा खाद्यान्न वितरण

    • lumbinisanjal
    • २०८२ कार्तिक ३, सोमबार १७:२०
    11.7K
    SHARES
    तिहारमा सैनामैनाका युवाद्वारा खाद्यान्न वितरण

    बुटवल, ३ कार्तिक। तिहारको अवसरमा सैनामैना नगरपालिका–११ र १२ का अति विपन्न परिवारलाई स्थानीय युवाहरूले खाद्यान्न वितरण गरेका छन्।

    सैनामैना युवा परिचालन संयोजक प्रतीक श्रेष्ठको नेतृत्वमा सैनामैना तरुण दल र स्थानीय युवाहरूको संयुक्त पहलमा गरिएको कार्यक्रममा वडा नं. ११ नमुना बस्तीका ९ घरधुरी र वडा नं. १० फूलबारीका ५ घरधुरीलाई खाद्यान्न वितरण गरिएको हो।

    कार्यक्रममा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको संयोजक श्रेष्ठले जानकारी दिए। उनका अनुसार तिहार जस्तो उज्यालो पर्वमा सबैको घरमा चुल्हो बलोस् र कसैको घर अध्यारो नहोस् भन्ने उद्देश्यका साथ सहयोग गरिएको हो।

    संयोजक श्रेष्ठले , “तिहार खुशी बाँड्ने पर्व हो। हाम्रो सानो पहलले पनि कसैको घरमा उज्यालो ल्याउन सकोस् भन्ने चाहना हो,”। उनले बताए ।

    सहयोग कार्यक्रमले समुदायमा राहत पुर्‍याउनुका साथै युवाबीच सामाजिक उत्तरदायित्व र सहयोग संस्कृतिलाई प्रवर्द्धन गरेको आयोजकहरूले बताएका छन्।



    lumbinisanjal   
  • २०८२ कार्तिक ३, सोमबार १७:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP