• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    प्युठानको आगलागी पीडितलाई बुटवलको जी ट्वान्टी फाइभ क्लबको सहयोग

    • lumbinisanjal
    • २०८२ चैत्र ३०, सोमबार ०८:५५
    1.2K
    SHARES
    प्युठानको आगलागी पीडितलाई बुटवलको जी ट्वान्टी फाइभ क्लबको सहयोग

    बुटवल ,३० चैत । सामाजिक क्षेत्रमा अग्रसर रहेको बुटवलको जी ट्वान्टी फाइभ क्लबले प्युठानको आगलागी प्रभावित बस्तीमा पुगेर राहत प्रदान गरेको छ । गतसाता प्यूठानको ऐरावती गाउँपालिकामा भिषण आगलागी भएर प्रभावित क्षेत्रमा पुगेर ५५ हजार १ सय ५ रुपैया नगदका साथै शैक्षिक सामग्री हस्तान्तरण गरिएको क्लबका संस्थापक अध्यक्ष रमेश कुमार जोशीले बताए ।

    ऐरावती–१ छेडाघाटमा आगलागीबाट आठ वटा घर र १४ गोठ पूर्ण रूपमा जलेर नष्ट भएको वडाध्यक्ष अमर रेश्मी मगरले जानकारी दिए । विकट क्षेत्र र आगलागीको क्षतिका कारण गाउमा धेरै समस्याहरु रहेको जी ट्वान्टी फाइभ क्लबका अध्यक्ष सजनकुमार भारीले बताए । सो क्षेत्रमा थप सहयोगको जरुरी रहेको उनले बताए ।

    बुटवलमा क्षेत्रमा स्थापना भएको क्लब विगतबाट नै देशभर समस्या र पिडामा रहेको क्षेत्रमा पुगेर सहयोग गर्दै आएको कार्यक्रम संयोजक सुनिल शाहीले बताए । क्लबबाट थोरै थोरै सहयोग जुटाएर सामाजिक कार्यका साथै खेलकुद विकासमा समेत योगदान दिदै आएको उनले बताए ।



    lumbinisanjal   
  • २०८२ चैत्र ३०, सोमबार ०८:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP