• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    जैसिथोक – रुपन्देही सम्पर्क समाजद्वारा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन

    • lumbinisanjal
    • २०८२ बैशाख ३, बुधबार १३:२४
    3.7K
    SHARES
    जैसिथोक – रुपन्देही सम्पर्क समाजद्वारा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन

    बुटवल, ३ बैशाख । गुल्मी जैसिथोक रुपन्देही सम्पर्क समाजद्धारा नया बर्ष ०८२ अबसरमा शुभकामना आदान प्रदान तथा भित्ते पात्रोको बिमोचन एक कार्यक्रममा साथ मंगलबार बुटवलमा सम्पन्न भएको छ ।

    नया बर्षको अबसर पारेर गुल्मी जैसिथोक रुपन्देही सम्पर्क समाजद्धारा प्रकाशित भित्ते पात्रोको बिमोचन कार्यक्रममा सहभागि मध्येबाट जेष्ठ सदस्य भिमलाल पोखरेलले गरेका थिए ।

    कार्यक्रममा बोल्दै समाजका अध्यक्ष राजेन्द्र कुवरले गुल्मी जैसिथोक जन्मथलो रहि रुपन्देही र यस आसपासका क्षेत्रमा बसोबासगरी बिभिन्न पेशा , ब्यबसाय गर्नेहरुका बिच आपसी सहयोग भाइचारको सबन्ध स्थापित गर्न समाज क्रियाशिल रहेको बताए ।

    उनले आफनो कार्यकालमा सम्पर्क समाजको माध्यमबाट थुप्रै सामाजिक तथा आर्थिक क्षेत्रमा काम गरेको चर्चा समेत गरे ।
    कार्यक्रममा समाजका उपाध्यक्ष प्रकाश खनाल ,कोषाध्यक्ष नारायण पोखरेल लगायतले बोल्दै समाजको आबस्यक्ता र महत्बको बारेमा चर्चा गरेका थिए ।

    कार्यक्रम समाजका जेष्ठ सदस्य भिम प्रसाद पोखरेलको प्रमुख आथितिको रुपमा रहेका थिए । कार्यक्रमको संचालन सम्पर्क समाजका सचिव दिपक पोखरेलले गरेका थिए ।

    समाजको भित्रेपत्रोको प्रकाशनकोलागि सचिब दिपक पोखरेलक संयोजक रहेका थिए भने अन्य सदस्यहरुमा नरेश पोखरेल , राजेन्द्र पोखरेल र बिष्णु खनाल रहेका थिए । सम्पर्क समाज २०७३ सालमा जिल्ला प्रसासन कार्यालय रुपन्देहीमा दर्ता भएको थियो । समाजमा १ सय ३ जना आजिबन सदस्य रहेका छन ।



    lumbinisanjal   
  • २०८२ बैशाख ३, बुधबार १३:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP