• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    गैरे प्रतिष्ठान: कावासतीमा पनि शाखा बिस्तार

    • lumbinisanjal
    • २०८१ फाल्गुन ६, मंगलवार ०९:४१
    7.7K
    SHARES
    गैरे प्रतिष्ठान: कावासतीमा पनि शाखा बिस्तार

    बुटवल , ६ फाल्गुन । रोयल इनफिल्डको नेपालका लागि आधिकारिक वितरक तथा अल्फा अटोमोटिभ प्रा.लिको यस क्षेत्रको आधिकारिक डिलर गैरे प्रतिष्ठान प्रा. लिले फाल्गुन ५ गते देखि नवलपरासीको कावासतीमा आफ्नो शाखा बिस्तार गरेर बिक्री शुभारम्भ गरेको छ । 

    प्रतिस्ठानका अध्यक्ष प्रेमराज गैरेले उद्घाटन गरेर शाखाको शुभारम्भ गरेका हुन् । बिगत लामो समय देखि बुटवलबाट मात्र सेवा प्रदान गरेको गैरे प्रतिष्ठान प्रा.लिले ग्राहकको माग लाई मध्यनजर गरेर नवलपरासीको कावासतीमा शाखा बिस्तार गरेको जनाएको छ । 

    रोयल इनफिल्ड (बुलेट)बाईकको शाखा बिस्तार गरेको प्रालिले ३५० सीसी इन्जिन तथा रोयल इन्फिल्डको पोस्ट वार जी .टु मोडेलको मोटरसाइकल , रोयल इनफिल्ड हण्टर तीन सय ५०, रोयल इनफिल्ड हिमालयन स्क्रयाम चार सय ११ मोडलको मोटरसाइकल र रोयल इनफिल्ड मेटेओर बाइक पनि बजारमा ल्याईसकेको प्रबन्ध सञ्चालक प्रवेशराज गैरेले लुम्बिनीसञ्जाललाई बताए ।

    बुटवलबाट दिदै आएको सेल्स,सर्भिस,र पार्टसहरुको बिक्री बितरण कावासतीबाट पनि प्रदान गरिने गैरेले बताए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ६, मंगलवार ०९:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP