• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    परालमा आगो नलगाउन बुटवल उपमहानगरपालिकाको आग्रह

    • lumbinisanjal
    • २०८२ कार्तिक २, आईतवार १४:०४
    3.1K
    SHARES
    परालमा आगो नलगाउन बुटवल उपमहानगरपालिकाको आग्रह

    बुटवल, २ कार्तिक ।  धान बाली भित्र्याउने समय सुरु भएसँगै किसानहरूले खेतमा बाँकी रहेका पराल र अन्य अवशेषमा आगो लगाउने प्रवृत्ति बढेको भन्दै बुटवल उपमहानगरपालिकाले त्यस्तो कार्य नगर्न किसानहरूलाई आग्रह गरेको छ।

    उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, खेतमा आगो लगाउँदा वातावरण प्रदूषित हुने र यसले मानव स्वास्थ्यमा समेत गम्भीर असर पार्ने भएकाले पराल जलाउने कार्य पूर्ण रूपमा रोक्न अनुरोध गरिएको हो।

    विज्ञप्तिमा भनिएको छ, “धान बाली भित्र्याएपछि प्राप्त हुने परालजन्य वस्तुमा आगो लगाउने कार्यले वातावरण र स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले त्यस कार्य नगरी ती वस्तु नजिकका वन क्षेत्र र नदी किनारमा रहेका चौपाया पशुहरूलाई आहारका रूपमा उपलब्ध गराउन सहयोग गर्न अनुरोध गर्दछौं।”

    बुटवल उपमहानगरले छाडा चौपाय व्यवस्थापन गर्दै आएको बुटवलको शिवनगर जँगलस्थित नन्दिनी  गौशालामा खेरजाने पराल दिएर सहयोग गर्नका लागि कृषकहरुलाई आग्रह गरेको छ ।

    उपमहानगरपालिकाले सो अभियानमा सबै नगरवासी, किसान, आमा समूह, युवा क्लब र सामाजिक संघसंस्थाहरूको सक्रिय सहयोग अपेक्षा गरेको छ। साथै, पराल ढुवानीका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहयोग चाहिने किसानहरूले माधव राना (९८४७०५७३५१) वा भागिरथ पुरी (९८४७८७८७८८) सँग सम्पर्क गर्न सक्ने जनाइएको छ।

     



    lumbinisanjal   
  • २०८२ कार्तिक २, आईतवार १४:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP