• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व कला,साहित्य र सङ्गीत हो: राष्ट्रपति पौडेल

    • lumbinisanjal
    • २०८१ माघ ३०, बुधबार १३:०७
    1.7K
    SHARES
    नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व कला,साहित्य र सङ्गीत हो: राष्ट्रपति पौडेल

    काठमाडौँ, ३० माघ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व हाम्रो कला, साहित्य र सङ्गीत भएको बताउनुभएको छ।नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८० लाई गर्नुभएको सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला, साहित्य र सङ्गीत समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्‍याउने स्पष्ट पार्नुभयो।उहाँले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताउनुभएको हो ।

    राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको नेपालमा साहित्य, कला, गीत, सङ्गीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हो ।’’ राष्ट्रपति पौडेलले सङ्गीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको उल्लेख गर्नुभयो।

    मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने समर्थ्य रहेको गीतसङ्गीतका क्षेत्रमा लाग्ने स्रष्टालाई सम्मान गर्न राज्यले कञ्जुस्याइ गर्न नहुने राष्ट्रपति पौडेलको भनाइ थियो।उहाँले भन्नुभयो, ‘‘यो सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि हो।त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसङ्गीतको विकासका लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्दछ ।’’ राष्ट्रपति पौडेलले नेपाली लोक भाका पछ्याउँदै आधुनिक गीतसङ्गीतको सिर्जनामा नातिकाजीले पुर्‍याउनुभएको योगदान अनुकरणीय रहेको बताउनुभयो।

    उहाँले भन्नुभयो, ‘‘नातिकाजीका सिर्जनामा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उनलाई नेपाली गीतसङ्गीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको छ।विशेषत उनका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली सङ्गीतको गौरवलाई बढाएको छ ।’’ सो अवसरमा राष्ट्रपति पौडेलले नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान तथा नातिकाजी राष्ट्रिय पुरस्कार, नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुुरस्कार, नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार र नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार वितरण गर्नुभएको छ। रासस



    lumbinisanjal   
  • २०८१ माघ ३०, बुधबार १३:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP