• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेसका विशेष महाधिवेशन पक्षधर भन्छन,पार्टीको महाधिवेशन मंसिरभित्रै हुनुपर्छ

    • lumbinisanjal
    • २०८२ कार्तिक २, आईतवार १३:१५
    2K
    SHARES
    कांग्रेसका विशेष महाधिवेशन पक्षधर भन्छन,पार्टीको महाधिवेशन मंसिरभित्रै हुनुपर्छ

    काठमाण्डौ ,२ कार्तिक । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताले पार्टीको महाधिवेशन मंसिरभित्रै हुनुपर्ने माग गरेका छन् । आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै हस्ताक्षर पक्षधरले केन्द्रीय समितिले बैठक अस्वभाविक रुपमा लम्ब्याएको समेत आरोप लगाएका छन् ।

    महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले कुनै पनि कारण देखाएर महाधिवेशन प्रतिनिधिको अवमूल्यन गर्ने र महाधिवेशन टार्ने कार्य स्वीकार्य नहुने बताउनुभएको छ । उहाँले आउँदो चुनावमा जानुपर्ने आवश्यकता महशुस गरी विशेष महाधिवेशन माग गरिएको उल्लेख गर्नुभयो ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले गएको भदौ २३ र २४ गतेका तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर आफूहरु नभएको बताउनुभयो । गएको असोज २९ मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १४औं महाधिवेशनका दुई हजार चार सय ८८ प्रतिनिधिले हस्ताक्षरसहितको निवेदन बुझाएका थिए ।



    lumbinisanjal   
  • २०८२ कार्तिक २, आईतवार १३:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP