• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी ,कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

    • lumbinisanjal
    • २०८२ आश्विन २०, सोमबार १२:२५
    2.5K
    SHARES
    लुम्बिनी ,कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ, २० असोज । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ ।

    यसैगरी कोशी, बागमती, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। रासस



    lumbinisanjal   
  • २०८२ आश्विन २०, सोमबार १२:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP